“ट्राफिक सचेतना सप्ताह २०८० को अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रक्तदान

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात भएको थियो ।
बिहान ९ बजे देखि अपरान्ह ४ बजे सम्म संचालन भएको रक्तदान कार्यक्तममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पुर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक भोलेन्टियर सहित केही सर्वसाधरण गरी १ सय २० जनाले रक्तदान गरेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #ट्राफिक सचेतना सप्ताह २०८०
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्