Techie IT
शनिबार, वैशाख २७,२०८२

गोरखामा आमाको नामबाट नागरिकता दिन शुरु


जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन शुरु गरेको छ । मंगलवार भीमसेन थापा गाउँपालिका–१ का मन्जित वानियाँलाई आमाको नामबाट नागरिकता दिएर वितरण कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

‘बुबाको पहिचान नखुल्दा १९ बर्ष पुगेर पनि नागरिकता बनाउन पाएका रहेनछन्,’ उनले भने, ‘आज आमा मन्जु वानियाँको नामबाट नागरिकता प्रदान ग¥यौ ।’ आवश्यक प्रक्रिया र कागजात पुगेकाहरुले अबका दिनबाट प्रशासनमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने प्रजिअ भुसालले जानकारी दिए । बाबुको पहिचान नखुलेकाहरुलाई मात्र आमाको नामबाट नागरिकता वितरण हुने उनले बताए ।

नागरिकता लिनका लागी जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का, अनुसूची फारम आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

त्यस्तै पति नभएको भनी आमाले लिखित रुपमा स्वघोषणा समेत गरेको हुनुपर्ने बताइएको छ । छोराले पनि बाबु नभएको भनी लिखित स्वघोषणा गरेको हुनुपर्ने प्रजिअ भुसालले जानकारी दिए । आवश्यक परेको खण्डमा प्रहरी मुचुल्का समेत माग्न सकिने उनको भनाइ छ । सम्बन्धित वडाध्यक्ष वा वडाध्यक्षले तोकेको जनप्रतिनिधी र नजिकका दुई जना आफन्तको सनाखत समेत अनिवार्य रहेको बताइएको छ ।  दरौँदी दैनिक पत्रिका


क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोरखामा आमाको नामबाट नागरिकता दिन शुरु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:16 am6:44 pm +0545