परिवर्तनका लागि आफ्नो उम्मेदवारी भन्दै युवा उपाध्यक्ष राज रेग्मीद्वारा कतारबाट उपाध्यक्षमा उम्मेदवारी घोषणा
कतार,गैरआवासीय नेपाली संघ(एनआरएनए)को आगामी महाधिबेशनका लागि कतारबाट युवा उपाध्यक्ष राजु रेग्मी ‘राज’ले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन ।
कतारको दोहामा अध्यक्षका उम्मेदवार आरके शर्माको उम्मेदवारी घोषणा कार्यक्रममा रेग्मीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । यूरोप भ्रमणमा रहेकाले जुममार्फत जोडिएका रेग्मीले कर्मथलोमा उम्मेदवारी घोषणा कार्यक्रम हुँदा प्रत्यक्ष सहभागी हुन नपाए पनि साथ, सहयोग र समर्थन रहने प्रतिवद्धता जनाए ।
कतारबाट आरके शर्माले अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्दा मध्यपुर्वका एनआरएनए अगुवा तथा अधिकांश एनसीसीको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा रेग्मीले भने–‘ उम्मेदवारी घोषणा गर्नु भएका सबैलाई सफलताको शुभकामना दिदै आफुले आइसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको सार्वजनिक गरे ।’
विगत २ दशकदेखि कतारलाई आफ्नो कर्मभूमि बनाउँदै आएका युवा व्यवसायी रेग्मी एनआरएन अभियानमा उदयमान तथा उर्जाशिल व्यक्तिका रुपमा चिनिन्छन । एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै रेग्मीले आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।
‘विशेष गरेर मध्यपूर्व वा श्रमिकको मुलुकबाट पनि एनआरएनएमा चासो राख्ने, राम्रो लिडरशिप गर्न सक्ने क्षमताका व्यक्तित्व पनि छन् भन्ने देखाउनुपर्ने अवस्था आएको छ,’ रेग्मीले भनेका छन् ।
राज यसअघि एनआरएनए आइसीसी मध्यपूर्वका युवा संयोजक, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका युवा उपाध्यक्ष र विभिन्न टास्क फोर्सका संयोजक भइसकेका व्यक्ति हुन् ।
उनले एनआरएनएलाई एक सुढृढ, सफल र सक्षम संस्थाको रुपमा विकास गर्ने दृढ संकल्प बोकेका छन् । जसको लागि उनले केहि एजेण्डाहरु अघि सारेका छन् । एनआरएनएमा सबैको अपनत्व बोध गराई युवा पुस्ताको मुद्दा स्थापित गराउने, एनआरएनएमा पद्दति र पारदर्शिता बढाउने, एनआरएनएमा दोस्रो पुस्ताका नेपालीलाई आकर्षित गर्ने, एनआरएनएका सीप, स्रोत र दक्षतालाई नेपालमै प्रयोग गर्ने वातावरण बनाउने र नेपालमा पर्यटन प्रवद्र्धनसँगै सुरक्षित लगानी मैत्री वातावरण निर्माणका लागि सहयोग गर्ने लगायत उनका लोकप्रिय नारा हुन् ।
उम्मेदवारी घोषणासँगै उनले सामूहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता जनाएका छन् ।
उनले थपेका छन्, ‘नेपालको सम्भाव्य क्षेत्रको पहिचान गरी गैरआवासीय नेपाली संघको अभियान मार्फत सामुहिक लगानी गरेर छिटो भन्दा छिटो हाम्रो देशलाई समृद्ध बनाउनु छ । त्यो नै मेरो मुख्य एजेन्डा हो ।’
दोश्रो पुस्तालाई एनआरएनसँग जोड्ने ग्लोवल एनआरएन सिंगिङ आइडलका परिकल्पनाकार समेत रहेका राज गैर आवासीय नेपाली संघका राइजिङ्ग स्टार जस्ता देखिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #राजु रेग्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्