Techie IT
शनिबार, वैशाख २७,२०८२

नेपालगन्जमा लागेको कर्फ्युका कारण घर फर्किएका नेपाली नाकामै अलपत्र


बाँके । नेपालगञ्जमा हिजोदेखि लागेको कर्फ्युका कारण भारतबाट फर्किएका धेरै नेपाली जमुनाहा नाकामा रोकिएका छन् ।

भारतको विभिन्न ठाउँबाट दशैं मनाउन घर आएका नेपाली जारी कर्फ्युका कारण नाकामै रोकिएका हुन् । नेपालगञ्जमा मङ्गलवार दिउँसो १ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरुलाई गाडी मगाएर पठाउने काम भइरहेको जानकारी दिनुभयो । प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्‍याउने जनाएको छ ।

स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ ।

नेपालगञ्ज आज बिहान शान्त देखिएको छ । सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन ।

प्रहरी प्रवक्ता डाँगीले जरुरी काममा बाहेक बाहिर ननिस्किन आग्रह गरेको र जरुरी काममा निस्केकालाई सहजीकरण गरेर पठाउने गरेको बताउनुभयो । कर्फ्युकै कारण भारतको लखनौ र डिल्ली जाने बिरामीहरू पनि हिजोदेखि नेपालगन्जमा अलपत्र परेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली जमुनाहा नाकामा रोकिए


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Fair
5:16 am6:44 pm +0545