धादिङमा ट्रकको ठक्करबाट २ जना विद्यार्थीको मृत्यु
धादिङ/ पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित मजुवामा ट्रकले ठक्कर दिँदा दुई जना पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेहरुको परिचय नखुले पनि दुवै जना बागेश्वरी उच्च माध्यामिक विद्यालयको कक्षा आठमा अध्ययनरत छात्र भएको स्थानीयलेबताएका छन्। उनीहरु ट्युसन पढ्न जाँदै गर्दा ट्रकले ठक्कर दिएको थियो।
काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ८७१३ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने सवारी र चालक गजुरी प्रहरीको नियन्त्रणमा रहेको धादिङका प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिएका छन्। दुर्घटनापछि स्थानीयले पृथ्वी राजमार्ग अवरुद्ध गराएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पृथ्वी राजमार्ग अवरुद्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्