बाजुरामा भूकम्पका कारण १० घर र एक विद्यालयमा पूर्ण क्षति
बाजुरा । बाजुरामा भूकम्पको प्रारम्भिक विवरण अनुसार १० घरमा पूर्ण क्षति भएको छ ।
खप्तड छेडेदह गाउँपालिका-३ टुनिसैनका ५ घर भत्किएका छन् भने बडिमालिका नगरपालिका ९ मा ३ घर वडा नम्बर ५ मा एक घर र त्रिवेणि नगरपालिकामा १ घरमा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै बुढिगंगा नगरपालिकाको महेन्द्र आधारभूत विद्यालयको भवन पनि पूर्ण रुपमा क्षति भएको विवरण आएको छ।
दिउँसोको समय भएकाले जिल्लामा मानवीय क्षति भने भएको विवरण आएको छैन। यस्तै बाजुराका विभिन्न गाँउमा भूकम्पका कारण अधिकांश स्थानीयका घरहरू सयौँको सङ्ख्यामा चर्किएको खबर आइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले धेरै ठाउँमा क्षति भएको खबर आएको भएपनि अहिले नै पूरा विवरण नआएकाले आधिकारिक जानकारी गराउन नमिल्ने जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार क्षति भएका ठाँउहरुमा तत्काल उद्धार टोली पठाउने तयारी भइरहेको छ । सबै ठाउँमा सुरक्षाकर्मी परिचालन गरिसकेको पनि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनु भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्