Techie IT
शुक्रबार, असार ६,२०८२

एसियाली खेलकुद : क्रिकेटमा नेपाल भारतसँग पराजित


काठमाडौँ-चीनको हान्झाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

जीतका लागि दुई सय तीन रनको लक्ष्य पाएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।

टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए भने सन्दीप जोरा र कुशल मल्लले २९–२९ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले २८ रन बनाए ।


क्याटेगोरी : खेलकुद, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545