Techie IT
शुक्रबार, असार ६,२०८२

साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जना पक्राउ


तौलिहवा / कपिलवस्तु प्रहरीले साढे ६ क्विन्टल रक्त चन्दनसहित आठ जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६ सय ५३ किलो १५० ग्राम रक्त चन्दनसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको हो ।

कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ पत्थर कोटमा चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #रक्त चन्दन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545