छलफल नै नगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री आयल निगमसँग रूष्ट

काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमले सरकारसँग छलफल नै नगरी पेट्रोलियम पदार्थको मूल्यवृद्वि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रधानमन्त्री आउँदा आउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्वि भयो भनेको बताउँदै आयल निगमले मूल्य बढाउनेबारे आफूलाई जानकारी नै नदिएको स्पष्ट पारेका हुन् ।
उनले आयल निगम सरकारभित्रकै अंग भएको भन्दै अटो प्राइसिङ निगमको स्वतन्त्रता नभएको बताए ।
‘प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालय साथै उपप्रधानमन्त्रीलाई पनि जानकारी नदिई अटो प्राइसिङ भनेको आयल निगमको स्वतन्त्रता होइन । सरकारबाट अलग जाने भन्ने होइन । राज्यभित्रकै अंग हो । त्यसकारण अहिलेको परिस्थितिमा त्यो मूल्य फिर्ता लिनुपर्छ भन्ने निर्णय गरियो र त्यही निर्णय बमोजिम मूल्यवृद्वि फिर्ता लिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्