अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा सन्तोष बाठा निर्वाचित

बुटवल, १३ असोज । नेकपा (एमाले) निकट अनेरास्वियु लुम्बिनी प्रदेशको अध्यक्षमा रोल्पाका सन्तोष बाठा सर्वसम्मत निर्वाचित भएका छन् ।
शुक्रबार बुटवलमा भएको प्रथम प्रदेश अधिवेशनले सन्तोषको नेतृत्वमा ५१ सस्दसीय कमिटी चयन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा नारायण भुसाल, मदन भण्डारी, सरोज ठकुरी, सचिवमा रमेश ढकाल, सहसचिवमा मनिषा ज्ञवाली र शोभाखर गिरी, कोषाध्यक्षमा अन्जित खनाल निर्वाचित भएका हुन् ।
त्यसैगरी कार्यालय सचिव तथा संगठन विभाग प्रमुखमा हेमन्त घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।
एमाले केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज किशोरविक्रम मल्लले निर्वाचित नेतृत्वको घोषणा गर्दै पार्टीले बनाएका योजना कार्यान्वयनमा पूर्णरुपले लाग्न निर्देशन गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनेरास्वियु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्