अनमोल केसी अस्पताल भर्ना

काठमाडौं, १३ असोज । अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् ।
आपराधिक विस्वासघातको आरोपमा हिजो शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएका हुन् ।
उनलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
चन्द्रकला कटुवालले अनमोलले चलचित्र रामायणका लागि १० लाख रुपैयाँ लिएको तर पछि काम गर्न अटेर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।
फिल्मका लागि १ करोड १५ लाख खर्च भइसकेपछि अनमोलले फिल्म नखेल्ने बताएपछि कटुवाल प्रहरीकोमा पुगेकी थिइन् ।
आज शनिबार बिदा भएकाले अनमोलविरुद्ध परेको उजुरीमाथिको कारबाही आइतबारदेखि सुरू हुनेछ । आइतबार उनलाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अनमोल केसी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्