Techie IT
सोमबार, वैशाख २२,२०८२

वरिष्ठ प्रहरी उपरीक्षक योगबहादुर पाल यौनहिंसामा दोषी ठहर, बर्खास्त गर्न सिफारिस


काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाल यौन हिंसामा दोषी ठहर भएका छन् ।

गत जेठ १९ गते महिला प्रहरी सहायक हवल्दारलाई यौनहिंसा गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले घटनाको छानविन गर्न बनाएको समितिले यौन हिंसा गरेको ठहर गरेको हो । समितिको प्रतिवेदनपछि प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । प्रतिवेदनमा प्रहरी आचारसंहिता तथा प्रहरी नियमावली विपरीतको काम गरेको तथा आफ्नै महिला सहकर्मीलाई यौनहिंसा गरेको पुष्टि भएको उल्लेख छ ।

समितिले एसएसपी पाललाई बर्खास्त गर्न समेत सिफारिस गरेको प्रहरी स्रोतले जनाएको छ । सुदूर पश्चिमको महेन्द्रनगरमा कार्यरत रहँदा एसएसपी पालले बिदा माग्न गएकी महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #योगबहादुर पाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:19 am6:41 pm +0545