गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबिच भेटवार्ता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबिच भेटवार्ता भएको छ ।
भेटवार्तामा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले दातृ राष्ट्रको सहयोग समेत आवश्यक भएको बताउनुभयो । गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने उहाँको भनाई थियो ।
भेटमा अमेरिकी उप विदेशमन्त्री एवं आप्रवासन विभागका उप सहायक सचिव वाईनीले विगतदेखि नेपाल र अमेरिकी सरकार बिचको सम्बन्ध अहिले पनि सौहार्दपूर्ण रहेको बताउनुभयो । सरकारको प्राथमिकताका क्षेत्रमा सहकार्य हुने उहाँले उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #सुरेन्द्रराज पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्