समुदाय प्रहरी तारकेश्वर समितिको दोस्रो बैठक सम्पन्न
पुकार तिमलसिना
तारकेश्वर काठमाडौ । नेपाल प्रहरीले भर्खरै सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ।
यसै बिच समुदाय प्रहरी तारकेश्वर समितिको बैठक आज बसेको छ । समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराको अध्यक्षतामा सम्पन्न भएको सो बैठमा नगर स्तरीय शान्ति सुरक्षाका बिषयमा छलफल गरिएको छ ।

बैठकमा बालाजु प्रहरीका प्रमुख बाल नरसीहं राणाले समदायको सहयोगमा बालाजु प्रहरीले शान्ति शुरक्षामा प्रभावकारी भुमीका खेलेको एवं लेभल बेस अनुसार घटना न्यूनिकरण गर्ने सफल रहेको बताए ।
समितिका अध्यक्ष एवं तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन वडा समितिहरुलाई सक्रिय बनाउन पर्ने एवं जनचेतनामुलक कार्यक्रम गरिनु पर्ने बताए ।
सोही कार्यक्रम अन्र्तगत बिगतमा तालिम , बिभिन्न बिध्यालयहरुमा अन्र्तक्रिया , नगरभित्रका औषधी ब्यवसायहरुसंग लागु ओषध सम्बन्धि अन्र्तक्रिया समेत सम्पन्न गरेको बताए ।
बैठकमा अपराधमुक्त नगर बनाउन बिभिन्न योजना समेत बनाइएको बालाजु प्रहरीका प्रमुख बाल नरसीहं राणाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #समुदाय प्रहरी तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्