“पर्व विशेष मेला–२०८०” को शुभारम्भ,
भरतपुर/दशैं लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने हेतुले चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को आज असोज १० गते चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घघाटन गर्नु भएसँगै शुभारम्भ भएको छ ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित “पर्व विशेष मेला २०८०” को संक्षिप्त जानकारी गराउनु भएको थियो । अध्यक्ष कँडेलले वर्तमान समयमा आर्थिक मन्दीको प्रभावको कारण उपभोगमा गिरावट आई कैयौं उद्योगीहरु उद्यमशिलताबाट नै पलायन भएको अवस्थामा स्वदेशी उत्पादनहरुको प्रबर्द्धन गरी आर्थिक गतिविधिलाई थप चलायमान बनाउँदै उपलब्ध भएसम्म स्वदेशी उत्पादनको उपभोगलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने उद्देश्य अनुरुप आयोजना गरिएको यस मेलामा स्वदेशी जुत्ता चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोका लगायतका उपभोग्य वस्तुहरु एउटै छानामुनी उपलब्ध हुने बताउनुभयो ।
मेला अन्तर्गत पहिलो चरणमा नेपाली जुत्ता घरसँगको सहकार्यमा स्वदेशी जुत्ता–चप्पलको प्रदर्शनी तथा प्रबद्र्धन मेला शुरु भएको छ भने विभिन्न गार्मेन्ट उद्योगीहरुको सहकार्यमा मेलाको अन्तिम हप्ता लत्ताकपडाको स्टलहरु राखिने लक्ष्य लिइएको छ । त्यस्तै पर्व मेलाको अवधि अन्तर्गत असोज २१ गतेदेखि घरयासी प्रयोजनमा धेरै परिमाणमा खपत हुने अनिवार्य आवश्यकताका दैनिक उपभोग्य खाद्यान्न लगायतका सामग्रीहरुको समेत बिक्री वितरणको व्यवस्था गरी आम उपभोक्तालई सहजीकरण गर्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग समन्वय भईसकेको अध्यक्ष कँडेलले जानकारी गराउनुभयो ।
मेलामा स्थानीय स्तरमा कृषि तथा पशुपंक्षी पालन व्यवसायमा जोडिएको उद्यमीहरुसँग आवश्यक सहकार्य गरी दशैंका लागि आवश्यक पर्ने खसी, बोका, भेडा–च्याङ्ग्रा, हाँस लगायतका मासुजन्य उत्पादनहरुको स्टलको व्यवस्था गर्ने योजना बनाइएको र संघका वस्तुगत सदस्यहरुसँगको सहकार्यमा मेला अवधिमा फर्निचर तथा फर्निसिङ्गका सामाग्रीहरु, खाद्यान्नका परिकारहरुका स्टलहरु समेत राखिने र संघले प्रत्येक शनिबार सञ्चालन गरिरहेको स्थानीय, रैथाने उत्पादनहरुको प्रबर्द्धनका लागि पर्व मेला अवधिका शनिबारहरुको हकमा सनिबारे मेला दिनभर सञ्लालन गरिने समेत अध्यक्ष कँडेलले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्व मेलाले स्थानीय ग्राहकहरुको मागलाई पूरा गरी ग्राहकहरुको मन जित्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलामा राखिने उत्पादनको मूल्य निर्धारण, गुणस्तर लगायत आर्थिक हरहिसाबलाई पारदर्शी तरिका राखी कारोबार गर्न मेलाका प्रदर्शकहरुलाई आग्रह समेत गर्नुभयो ।
मेलाको सह–आयोजक संस्था नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले पर्व मेलाले रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन गरी राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केही गर्छु भन्दै स्वदेशीमै गरी खान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहित गर्न सहयोगी हुने बताउनुभयो । उहाँले मेलाको माध्यमबाट सम्भव भएसम्म उत्पादक तथा उपभोत्ता र सरोकारवालाहरु बीच प्रत्यक्ष सम्बन्ध स्थापना र उत्पादनको बजारिकरणको प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो ।
करीब २ लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ता/ग्राहकहरुले भ्रमण गर्ने अनुमान गरिएको मेलामा करीब १० करोडको कारोबार हुने अनुमान गरिएको छ। मेलामा जिल्लाभित्रका तथा बाह्य जिल्लाका हजारौं व्यक्तिले अवलोकन गर्ने हुँदा भरतपुर भ्रमण वर्ष २०२४ लाई आन्तरिक पर्यटक आकर्षण गर्न सहयोगी हुने आयोजकको दावी छ । प्रदर्शनी अवधिभर प्रदर्शक बिक्रेता तथा हजारौं संख्याका अवलोकनकर्ताहरु महिनौं दिनसम्म होटलमा बस्ने कारण चितवन, सौराहा, नवलपुरका पर्यटन उद्योगहरुलाई चलायमान बनाउन समेत मेला सहयोगी हुने हुँदा मेलाको माध्यमबाट आर्थिक गतिविधिहरु थप चलायमान हुन गई आर्थिक मन्दीबाट थलिएको अर्थतन्त्रलाई पुनर्उत्थान गरी उद्यमशिलताबाट पलायन हुन लागेका उद्योगी, व्यवसायीहरुलाई उद्यमशिलतामा निरन्तरता दिन प्रेरणा मिल्ने आयोजकको भनाई छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेला बिहान ९ः०० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गरिनेछ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्