‘कुकुरलगायत जनावरले टोक्नासाथ खोप लगाए रेबिजबाट बच्न सकिन्छ’

काठमाण्डाै – आज विश्व रेबिजविरुद्धको दिवस, ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ भन्ने नाराकासाथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउन हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज विरुद्धको दिवसको रुपमा मनाइन्छ ।
नेपालमा रेबिज चुनौती बन्दै गएको डाक्टरले बताउँदै आएका छन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाको आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जना कुकुर र नौ हजार नौ सय २१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए । यस्तै, आव २०७५/ ७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो ।
रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्युरोट्रोपिक भाइरस भनिन्छ । जुन कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।
रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ । उज्यालो, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठका अनुसार कुकुरलगायत जनावरले टोक्नासाथ रेबिजविरुद्धको खोप लगाए यो रोगबाट बच्न सकिन्छ ।
अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ र धेरैजसो अवस्थामा बिरामीको ज्यान जान्छ । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्ने भएकाले उनीहरुले टोके रेबिजविरुद्धको खोप लगाउन उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्