दोलखामा चार केजी सुनसहित तीन जना पक्राउ
दोलखा। दोलखा प्रहरीले बुधवार राति चार केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका स्थित जामुनेबाट चार केजी सुनसहित तीन जनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले बताउनु भयो ।
उक्त सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेको तीन जनामध्य दुई जनाले सुन बोकेको र एक जनाको संलग्नता रहे नरहेको बारे अनुसन्धान भै रहेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । पक्राउ परेका तीनै जना विगु १ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ ।चीन सरकारले आईतवारमात्र तिब्बतसंग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो ।
सुन भित्रदै गरेको सुराकी पाएपछि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्का बुधवार राति आफै सिंगटी पुग्नु भएको थियो । एक÷एक केजीको चार पिस सुनसहित तीन जनालाई सिंगटी प्रहरीले बुधवार रातिनै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
पक्राउ गरिएको सुन सिंगटीका स्थानीय सुन व्यवसायीलाई परिक्षण गराइएको र थप परिक्षण सदरमुकाम चरिकोटमा समेत गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । सुन तस्करीमा थप व्यक्ति संलग्न हुनसक्ने भएकोले उनीहरुकोसमेत खोजी भई रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #सुनसहित तीन जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्