Techie IT
शुक्रबार, वैशाख २६,२०८२

बेलायतमा दुई तिहाई मतसहित मेयरमा नेपालका शर्मा निर्वाचित


८ वैशाख, काठमाडौँ । नेपाली मुलका डा। जगन्नाथ शर्मा बेलायतको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका छन ।

बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा। शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन् ।

पर्वतको बिहादीमा जन्मिएका शर्मा दुई तिहाई मत प्राप्त गर्दै सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच निर्वाचनमा निर्वाचित हुन सफल भएका हुन ।

मेयर पदमा निर्वाचित भए पछि शर्माले आफ्नो क्षेत्रमा नेपाली समुदाय र बेलायतीबीच रहेर पुलको रुपमा काम गर्ने बताएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बेलायत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:16 am6:43 pm +0545