Techie IT
सोमबार, वैशाख २९,२०८२

६० किलो सुन प्रकरण : आजदेखि थुनछेक बहस हुने


काठमाडौँ। काठमाडौँको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ ।

उक्त प्रकरणमा संलग्न प्रतिवादीको मङ्गलवार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६ जना प्रतिवादीको बयान सकिएकाले आजदेखि थुनछेक बहस सुरु हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुन तस्करी प्रकरण, #सुन प्रकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:14 am6:45 pm +0545