इमरान खानलाइ अर्काे जेलमा सारिने
इस्लामबाद, ९ असोज । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ। तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।
उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् । ७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरे पनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो।
आधिकारिक गोप्य कानून अन्तर्गत एक विशेष अदालतले गोप्य कागजातहरू लीक गरेको मामिलामा इमरान खानको रिमान्ड सेप्टेम्बर १३ बाट बढाएर सेप्टेम्बर २६ सम्म पुरयाइएको छ । इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ र अधिकारीहरूलाई अडियाला जेलमा राख्न आदेश पनि दिएको छ। इमरान खान पक्राउ परेदेखि नै अटक जेलमा राखिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #इमरान खान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्