टोखा छहरे सुरुङमार्ग विस्तारको काम अघि बढाउन नेपाल र चीनबीच सहमति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा रसुवागढी र तातोपानी नाका जोड्ने मुख्य सडक विस्तारमा सहमति भएको छ ।
टोखा छहरे सुरुङमार्ग, स्याफ्रुबेसी रसुवागढी र अरनिको राजमार्ग विस्तारको काम अघि बढाउने सहमति नेपाल र चीनबीच भएको हो ।
दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सडक पूर्वधार र जलविद्युतका क्षेत्रमा भएका सहमति सार्वजनिक गरेका छन् । मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा लेखिएको छ, ‘जिलोङ/केरुङ-रसुवागढी-चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’
सहमति अनुसार नेपाल र चीनबीच अरनीको राजमार्गको चौथो चरणको विस्तारलाई अघि बढाइने छ । चाइनाले स्याफ्रुबेसी रसुवागढी राजमार्ग मर्मत सुरु गर्नेछ । टोखा– छहरे सुरुङमार्गको संभाव्यता अध्ययनलाई तिब्रता दिने सहमति पनि भएको छ ।
काठमाडौंको चक्रपथ दोस्रो चरणको काम शुरु गर्ने सहमति पनि दुई देशबीच भएको संयुक्त वक्तव्यमा उल्लेख छ । दुबै पक्ष केरुङ काठमाडौं क्रस बोर्डर रेलवेको संभाव्यता अध्ययनमा सहमत भएका छन् ।
नेपालमा रेलसम्बन्धी दक्ष जनशक्ति उत्पादनको लागि चीनले सहयोग गर्ने समझदारी पनि दुई देशबीच भएको छ ।
त्यस्तै नेपाल र चीनले विद्युत क्षेत्रमा सहकार्य गर्ने भएका छन् । चिलिमे रसुवागढी २२० केभी प्रसारण लाइन निमार्ण गर्न पनि दुई देश सहमत भएका छन् । नेपालको उत्तरी क्षेत्रमा चीनबाट विद्युत आपूर्ति गर्न नेपालको मागमा चीन सकरात्मक देखिएको छ ।
यी समझदारी शुरुमा सार्वजनिक भएका १३ बुँदे सम्झौतामा उल्लेख नभएपनि संयुक्त वक्तव्यमा समावेश गरिएको हो । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि विभिन्न सम्झौता र समझदारी भएका थिए । तर सो दिन संयुक्त व्यक्तव्य जारी भएको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #breakng, #brrreeakiing, #टोखा छहरे सुरुङमार्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्