विश्व कीर्तिमानी एडभेन्चर स्टार गौतम र अभिनेत्री शिल्पालाई सुब्रतको एक्सन कट
काठमाडौं । विश्वको कीर्तिमानी एडभेन्चर स्टारको रुपमा परिचित नाम हो गौतम खाती । उनले कराँते खेलको ब्ल्याक बेल्ट ड्रेस लगाएर उडिरहेको हेलिकप्टरवाट स्काइ ड्राइभ गरेर वि.सं.२०७५ सालमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउज सफल भए । उनले जसरी खेल जगतमा सफलता प्राप्त गरे उसै गरि कला क्षेत्रमा पनि सक्रिय रहेका छन् । एक पछि अर्को ग’णस्तरिय भिडियोमा आफ्नो कला कौशलता देखाइरहेका छन् । उनले तीन नदर्जन भन्दा बढि म्युजिक भिडियो र छोटो फिल्ममा अभिनय गरिसकेका छन् । एक पछि अर्को म्युजिक भिडियोमा अभिनय गर्दै मोडलिङमा जमिरहेका छन् ।
यहि क्रममा खाति अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ‘पिरतीको गीत’ । उनले भिडियोमा चर्चित नायिका शिल्पा पोखरेलसँग पिरतीको गीत गाएका छन् । भिडियोमा एडभेन्चर स्टार एवं मोडल खाती र अभिनेत्री पोखरेलको रोमान्सलाई देखाइएको छ । भिडियो सार्वजनिक भएसँगै सांगीतिक क्षेत्रमा यो भिडियोले चर्चा पाउन थालेको छ ।
प्रेमील भावको गीतमाको भिडियोलाई सुब्रतराज आर्चायले निर्देशन गरेको हुन् । त्यस्तै उत्सव दाहालको छायांकन रहेको उक्त भिडियोलाई विष्णु खड्काले सम्पादन तथा कलरिङ गरेका हुन् । प्रोडक्शन म्यानेजर दिपेन गौतम (माईकल) को रहेको छ ।
गीतमा गायिका अस्मिता अधिकारी र बिर कुमार दत्तको स्वर रहेको छ । अभिनाष थापाको शब्द र भिम बिसीको संगीत छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । मिक्सिङ तथा मास्टरिङ भने कुमार रानाले गरेका हुन् ।
निरा खाती ईन्टरटेनमेन्टले तयार पारेको भिडियोलाई ओ.एस.आर. डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/Vqy2uXbKIQc?si=92pLouxrQBiF_Cnz
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्