मलंगवामा आज राती ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच भएको झडप तथा विवादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि लगाइएको कर्फ्यु आदेश परिमार्जन भएको छ ।
कर्फ्यु लागेको चौथो दिनमा अवस्था सहज भएपछि दिनको कर्फ्यु आदेश निष्क्रिय गरी राती ८ बजे देखी बिहान ४ बजे सम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला सुरक्षा समिति, सर्लाहीको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, मलंगवा नगर प्रमुख नागेन्द्र प्रसाद यादव, मधेश प्रदेशका प्रदेश सांसद कौशल किशोर राय यादव लगायतको पदाधिकारीहरूको समन्वय सहजीकरण बैठक बसी कर्फ्यु आदेश परिमार्जन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
समन्वय सहजीकरण बैठकले मूर्ति सेलाउने क्रममा भएको विवादले मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उत्श्रृखल गतिविधि, लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम हुन सक्ने स्थिति देखिएकोले अर्को आदेश नहुन्जेल सम्म स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६९क० ९१० ९३० बमोजिम जारी कर्फ्यु आदेश परिमार्जन गरी दिनको समयमा कर्फ्यु निष्क्रिय गरी राती देखि बिहान सम्म निरन्तरता दिने निर्णय गरेको छ ।
दिनको समयमा कर्फ्यु निष्क्रिय भएपनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साविक मलंगवा क्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक, प्रदर्शन, पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।
त्यस्तै सामाजिक सञ्जालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरूको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून अनुसार कारबाही गर्ने, यस प्रकारको हल्ला एवम् अफवाहको पछि नलाग्न आम सर्वसाधारणहरूलाई सचेत र सजग रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध समेत गरेको छ ।
यसैगरी सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा, प्रहार, उत्श्रृंखल गतिविधि, लगायतका विरुद्ध प्रदर्शन गर्ने, सामाजिक सद्भाव बिगार्ने खालका घटना घटाउने एवम् घटनामा संलग्न जो कोहीलाई कडा कारबाही गर्ने समन्वय सहजीकरण बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र रायले यो दुई पक्षको विवाद नभएर केही उत्श्रृंखल व्यक्तिहरूको भएको बताउनुभयो । आफूहरू समस्या समाधान गर्न दुई पक्षकै अगुवाहरूको बैठक बसी स्थिति सामान्य बनाउनु लागि परेको उहाँले बताउनुभयो ।सदरमुकाम मलंगवामा अहिले प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #सर्लाही
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्