शिक्षकका मागहरू प्रति सधैँ सकारात्मक छु : कार्यवाहक प्रधानमन्त्री
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । केन्द्रीय कार्य समितिको बैठक शुरु भएको आज चौथो दिन हो ।
आजको बैठकमा पनि समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचना लगायत विषयमा नेताहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ
बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शिक्षा विधेयकका सम्बन्धमा शिक्षक महासङ्घसँग भएको सहमतिबारे जानकारी गराउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले संवैधानिक व्यवस्था र मुलुकको आर्थिक अवस्था अनुकूल शिक्षकका माग पुरा गर्न सकिने भन्ने आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम सिर्जना गरिएको बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकका मागहरू प्रति आफु सधैँ सकारात्मक रहेको भन्दै राहत शिक्षक र शिक्षकको पेन्सन लगायतका विषयमा सम्भव भए सम्मका माग सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।
उपप्रधानमन्त्री खड्काले शिक्षक महासङ्घसँग भएको सहमति ,राहत शिक्षक र पेन्सन लगायतका विषयमा अर्थ मन्त्रालय र सरोकारवाला निकायको राय सुझाबका आधारमा विधेयकमा आवश्यक संशोधन गर्न सकिने पनि बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पूर्णबहादुर खड्का
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्