Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

अब दैनिक २० किलो सुन आयात गर्न पाइने


काठमाडौं नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा बढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुन आयात गर्न मिल्ने व्यवस्थालाई बढाएर २० किलोमा विस्तार गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले दैनिक आयात हुने सुनको कोटा २० किलो पुगेको जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा सुनको आयात कोटा बढेको उनको भनाइ छ । सुनको आयात कोटा बढाउने बैठकमा आफूसहित उक्त पहलमा अर्थमन्त्री रामशरण महत र गर्भनर महाप्रसाद अधिकारी समेत सहभागी रहेको उनले स्मरण गरे । यद्यपी, केन्द्रीय बैंकले सुनको आयात कोटा बढाउन परिपत्र भने जारी गरिसकेको छैन ।

बैठकपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केन्द्रीय बैंकलाई सुनको आयात कोटा बढाउन सिफारिस गरेको थियो । यसअघि, विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि केन्द्रीय बैंकले सुनको आयात कोटा १० किलोग्राममा झारेको थियो । तर प्रतिदिन आउने १० किलोग्राम सुनले बजार माग नधान्नेमा सबै निकाय जानकार थिए । सोहीकारण, कोटा बढाएर प्रतिदिन २० किलोग्राम पु¥याएपनि यसले समेत माग नधान्ने व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्म शाक्य नेपालमा दैनिक ३० देखि ३५ किलोग्राम सुनको माग रहेको बताउँछन् । व्यवसायीहरुले निरन्तर सुनको कोटा बढाउन माग गर्दै समेत आएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्