सल्यानमा तरकारी बोकेको जीप दुर्घटना दुई जनाको मृत्यु
सल्यान । सल्यानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तरकारी बोकेको जीप दुर्घटनामा मृत्यु भएका दुई जना गाडी धनी र चालक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ती र सोही ठाउँ निवासी गाडी धनी वर्ष ५० का गणेश बुढाको दुर्घटनामा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अर्का एकजना गम्भीर घाइते छन् । तुल्सिपुर २ बस्ने वर्ष ३५ का नारायण योगीको अवस्था गम्भीर रहेको र उनलाइ उपचारको लागी दाङ लगिएको छ ।
सोमबार विहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ स्थित चोरखोला नजिकै जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट करिव ३५० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जीप दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्