एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा घोषणासभा गर्ने तयारी, सल्लाह सुझाव दिन अपिल

काठमाडौं,गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा(आरके) ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका वर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आफ्नो कर्मभूमि कतारको राजधानी दोहामा एक विशेष समारोहका बीच संघको आगामी कार्यकालका लागि नेतृत्व गर्न विशेष कार्ययोजना सहित केही दिनमा नै चुनावी घोषणा सभा गर्न लागेका हुन । शर्माले घोषणा सभामा कार्ययोजनाहरु समेटेर आफ्ना बाचापत्र सार्वजनिक गर्न लागेका छन ।
कतारमा औपचारिक घोषणा सभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए । गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी विश्वका प्राय सबै एनआरएनएको अधिवेसन भएका देशको भ्रमणमा निस्केका थिए ।
एक साता भन्दा लामो अमेरिकी क्षेत्रको भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे । उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।” कतारमा औपचारिक घोषणा सभा गर्नुअघि शर्माले आफ्नो पक्षमा समर्थन जुटाउन जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए ।
गैरआवासीय नेपालीको अभियानमा सक्रिय भूमिका खेलेका अग्रज तथा अभियन्ताहरुसँग सल्लाह सुझाव लिन उनी भ्रमणमा निस्केका थिए । एक साता भन्दा लामो भ्रमण सकेर उनी अहिले कतार फर्किसकेका छन् । विभिन्न देशको भ्रमणमा रहँदा शर्मालाई अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले स्वागत गरेका थिए । एसिया र अमेरिका क्षेत्रको भ्रमणपछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित हुने दाबी गरे ।
उनले भने, “एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ ।” सबै गैरआवासीय नेपालीहरुबाट सल्लाह सुझाव लिएपछि २ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गरिने कार्यहरुको योजना शर्माले घोषणा सभामा आफ्नो बाचापत्र भनेर सार्वजनिक गर्ने छन् । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आरके शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्