भक्तपुरमा रक्तदान कार्यक्रम, करिब ३ दर्जनले गरे रक्तदान
प्रदिप ढकाल
भक्तपुर, ०६ असोज २०८०
भक्तपुर । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शनिबार भक्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपालको चाँगुनारायण नगर समितिले गरेकोरक्तदान कार्यक्रममा चाँगुनारायण नगरका करिब ३७ जना स्थानीयवासीले रक्तदान गरेका वाइसिएलका नगर अध्यक्ष लक्ष्मण दुलाललेजानकारी दिए । सङ्कलित रगत नेपाल रेडक्रम (रक्तसञ्चार केन्द्र) भक्तपुरमा बुझाइएको छ । आफ्नो जीवन नै जनताको लागिसुम्पेको माओवादी प्रति पछिल्लो समय अनेक भ्रम फ़ैलाइएकोले आफूहरु जनताको सेवक भएको संदेश स्वरुप रक्तदान कार्यक्रमआयोजना गरिएको वाइसिएल नगर इन्चार्ज दिपेश लामिछानेले बताए ।
उनले चाँगुनारायण नगरमा जनतासँग जोडिने कार्यक्रमहरु निरन्तर भइरहेको र आगामी दिनमा पनि निरन्तरता दिइरहने बताए ।
कार्यक्रमले स्थानीय नेताकार्यकर्तालाई पार्टी अभियानप्रति उत्साहित पारेको चाँगुनारायण नगरमा माओवादी केन्द्रको अभियान इन्चार्जभएर आएकी पार्टी केन्द्रीय सदस्य अमृता नेपालले बताएकी छन् ।
कार्यक्रममा चाँगुनारायण क्षेत्रका लोकप्रिय बौद्धिक नेता समेत रहेका पार्टीका केन्द्रीय सदस्य डिपी ढकालले जनताको घरमा गएरयाहाँको लागि गरिएको योगदान, पहलकदमीका बारेमा बताउनपर्ने आवश्यकता औल्याए । बागमती प्रदेश सरकारको मूख्यमन्त्रीकाप्रमुख राजनीतिक सल्लाहकार समेत रहेका नेता ढकालले यो आर्थिक वर्षमा पनि प्रत्येक वडामा चार पाँच वटा बिकाशनिर्माणमा बजेटराखिदिएको बताएका छन्। उक्त अवसरमा अभियान अन्तर्गत नगरमा जिम्मेवारी पाएका प्रदेश सदस्यद्वय युवराज आचार्य र दिनेशथपलिया आक्रोश त्यसैगरी पार्टीका नगर अध्यक्ष नरेश खड्का, उपाध्यक्ष बिनोद लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्