भेटेरेन्स फुटसल प्रतियोगिताको उपाधी एडभान्स क्लब मानेभञ्ज्याङलाई (तस्बिरहरु)

खांदबारी । संखुवासभाको खांदबारीमा स्वर्गीय मान बहादुर तथा प्रदिप गुरुङको स्मृतिमा आयोजित एक दिवसीय भेटेरेन्स फुटसल प्रतियोगीताको उपाधि एडभान्स क्लव मानेभन्ज्याङले जितेको छ ।
शनिबार भएको प्रतियोगीताको फाइलनमा खाँदबारी युवा क्लवलाई ७–२ गोल अन्तरले पराजित गर्दै एडभान्स क्लव मानेभन्ज्याङले उपाधि जितेको हो ।
उपाधिसंगै एडभान्स क्लव मानेभन्ज्याङले २० हजार नगद प्रमाणपत्र र शिल्ड हासिल गरेको छ भने उपबिजेता खाँदबारी युवा क्लवले १० हजार नगदमा चित्त बुझाएको छ । त्यस्तै तेश्रो हुने खाँदवारी वडा नंवर ४ ले पनि नगद रु ५ हजार प्राप्त गरेको छ ।
बिजयी टोलीलाई हेल्पिङ ह्याण्ड्सका संस्थापक अध्यक्ष नारायण श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगीतामा कुल ९ टिमको सहभागीता रहेको थियो । सामाजिक सद्भावका लागि युवा एकता–विकृति बिसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने नाराका साथ अनुरोध फुटसल, सूर्य बोडिङ स्कुल खाँदबारी १ सिर्जनानगरी संखुवासभाले प्रतियोगीताको आयोजना गरेको हो ।
क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #अनुरोध फुटसल, #खाँदबारी नगरपालिका, #संखुवासभा, #सुर्य बोर्डिङ्ग स्कुल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्