सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता सुरु भएको छ ।
वार्ता गृह मन्त्रालयमा सुरु भएको हो । वार्तामा आन्दोलनरत शिक्षक कर्मचारीहरूले राखेका मागका विषयमा छलफल थालिएको हो ।
वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ । संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज २ गतेदेखि शिक्षक कर्मचारीहरूले आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे संशोधनको माग राख्दै आएका छन् । बिहीबार पनि शिक्षकहरु र सरकारबीच दुई चरणमा वार्ता भएकमो थियो । तर विना निष्कर्ष टुंगिएको थियो । दुबै पक्षबीच आज बिहान वार्ता हुने भनिएकोमा आन्तरिक छलफल गर्ने भनेर समय सारिएको थियो ।
शिक्षकहरुले सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग राखेका छन् । बिधेयकमा आफूहरुले उठाएका माग संबोधन भए या विधेयक फिर्ता लिए मात्रै तत्कालका लागि आनदोलन फिर्ता हुनसक्ने शिक्षक संगठनहरुको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्