Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

आन्दोलनरत शिक्षकहरूसँग छलफल गर्न गृहमन्त्री श्रेष्ठको नेतृत्वमा वार्ता टोली गठन


काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्न सरकारले गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ ।

समस्या समाधानबारे दुई पक्षबीच शुक्रबार बिहान पनि अनौपचारिक छलफल भएको थियो । छलफलमा सरकारका मन्त्रीहरूले वार्तामा आउन र समाधानमा अग्रसर हुन शिक्षकहरूलाई आग्रह गरेका थिए ।

सरकारले वार्ता टोली बनाएपछि शिक्षक महासंघले पनि समिति बनाउन आन्तरिक छलफल गर्ने भनेको छ । वार्ता र आन्दोलन सँगै लैजाने उनीहरूको तयारी छ ।

शिक्षा विधेयकमा असहमति जनाउँदै देशभरका शिक्षकहरू असोज ४ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शिक्षक सडकमा उत्रेपछि सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आन्दोलनरत शिक्षक


तपाईको कमेन्ट लेख्नुहोस्