सर्लाही सदरमुकाम मलङ्गवामा निषेधाज्ञा जारी
सर्लाही । दुई समुदायबीच झडप हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु लगाएको छ ।
बिहीबार साँझ गणेशको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलङ्गवा अशान्त बनेको थियो । झडप रोक्न प्रहरीले केही राउन्ड हवाई फायर खोले पनि स्थिति नियन्त्रण भन्दा बाहिर जानथालेपछि कर्फ्यु लगाइएको हो ।
बिहीबार राति १० बजेदेखि अनिश्चित कालसम्मका लागि साबिकको मलङ्गवा क्षेत्रमा कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढालगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जान सक्ने स्थिति देखिएकाले पुरानो मलङ्गवा नगर क्षेत्रभित्र कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
यसअघि पनि मलङ्गवामा कृष्ण अष्टमीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रशासनले एक दिन कर्फ्यु र ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सर्लाही
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्