बारामा मोटरसाइकल दुर्घटना एक युवकको मृत्यु

वीरगंज । कलैया सडकखण्ड अन्तर्गत बाराको फेटा गाँउपालिका-१ भलुहीमा बुधवार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
वीरगंजबाट कलैयातर्फ आउँदै गरेको प्र।०२–०३–०१७ प ७९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका-२३ बैराठपुर बस्ने २३ वर्षीय श्रीभगवान पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधीराम न्यौपानेले जानकारी दिए ।
दुर्घटनामा सिकिस्त घाइते भएका पटेललाई उपचारका लागि कलैया अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणको लागि कलैया अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्