शिक्षकको प्रदर्शनले काठमाडौंको सवारी आवागमन आज पनि अस्तव्यस्त
काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा भएको दोस्रो दिनको प्रदर्शनले काठमाडौंमा सवारी आवागमन प्रभावित बनेको छ । जसका कारण यात्रुले घण्टौं जाममा बस्नु परेको छ ।
माइतीघर मण्डलमा भेला भएर उनीहरु पैदलै नयाँ बानेश्वर आइपुगेका छन् । उनीहरुले अहिले बानेश्वरको निषेधित क्षेत्र बाहिर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । सडकमा बाक्लो संख्यामा शिक्षकहरु उत्रिँदा बानेश्वर(माइतीघर सडकको सवारी आवागमन पूर्णरुपमा अवरोध भएको छ । कार्यालय समयमै प्रदर्शन सुरु हुँदा सर्वसाधरणलाई थप असहज भएको हो ।
६० हजारभन्दा बढी शिक्षक प्रदर्शनमा सहभागी भएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीको दाबी छ । सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विधेयक संसदमा दर्ता गरेपछि त्यसमा असन्तुष्ट शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरेको छ।
बुधबारदेखि शिक्षकहरु विद्यालय बन्दको घोषणा गरी आन्दोलनमा उत्रिएका हुन् । सरकारले ल्याएको उक्त विधयेक शिक्षकहरुको हकहित प्रतिकूल रहेको महासंघको ठहर छ ।
साथै यसले सबै प्रकारका शिक्षकहरुका मूल मुद्दा सम्बोधन गर्न नसक्ने महासंघले जनाएको छ । यस विधयेकले ट्रेड(यूनियनमाथि अंकुश लगाउनेसमेत उनीहरुको दाबी छ । महासंघको नेतृत्वमा भएको यस आन्दोलनमा उनीहरुले १७ बुँदे माग राखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्