संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा ६७० कैदीको सजाय मिनाहा

मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले कैदीहरुको कैद मिनाहा गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गर्दै असोज ३ गतेदेखि लागु हुने गरी कैदीको कैद मिनाह गरेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन् ।
राष्ट्रपति पौडेलले ३ ज्येष्ठ नागरिकसहित ६७० जनाको सजाय माफी मिनाहा गरेका हुन् । ‘भीमबहादुर खवास समेतका ४९७, हर्कबहादुर लिम्बूसमेतका १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत जम्मा तीनजना गरी कुल जम्मा ६७० कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने मन्त्रिपरिषद्को मिति २०८०/०५/२९ को बैठकको सिफारिसबमोजिम मिति २०८०/०६/०३ गतेदेखि लागु हुने गरी संविधान दिवस, २०८० को अवसरमा माफी मिनाहा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्