शिख नेता खालिस्तानीको हत्या प्रकरण : क्यानडाले गर्यो भारतीय कूटनीतिज्ञलाई देश निकाला
काठमाडौं, २ असोज । एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।
क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ ९आरएडब्ल्यू–रअ०का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बताएकी छन् ।
यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए ।
सोमबार संसदमा सम्बोधन गर्ने क्रममा उनले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको बताएका थिए ।
गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्