टोखाका निष्ठावान छवी भएका पूर्व वडाअध्यक्ष जेपी नेपालद्धारा जेपी शीला प्रतिष्ठानको स्थापना
साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्य
काठमाडौं । समाजसेवा एवं नेपाली भाषा र साहित्यमा बिशेष योगदान पुराउदै आउनुभएका साहित्यकार एवं कवि जेपी नेपालले जे.पी शीला प्रतिष्ठानको स्थापना गर्नुभएको छ ।
राजनितिमा कुशल र निष्ठावान छवी बनाउनुभएका टोखा नगरपालिकाको निबर्तमान वडा अध्यक्ष नेपालले साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको बताउनु भयो । राजनीतिज्ञ एवं समाजसेवी जे।पी। नेपाल र समाजसेवी शीला पोखरेल नेपालले निजी स्रोतबाट सो प्रतिष्ठान स्थापना गर्नभएको हो ।
काठमाडौँको टोखामा वहाँकै निवासमा आयोजित एक समारोहमा बरिष्ठ साहित्यकार डा दामोदर पुडासैनी ‘किशोर’, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र प्रतिष्ठानका संस्थापकद्वय जे।पी। नेपाल तथा शीला पोखरेल नेपालले बिरुवामा जल सिञ्चन गर्दै संयुक्त रुपमा उक्त प्रतिष्ठान स्थापना गरिएको घोषणा गर्नुभएको थियो ।

प्रतिष्ठानका संरक्षक जे।पी। नेपालले ‘यो प्रतिष्ठान नितान्त निजी स्रोतबाट स्थापना गरिएको, यस प्रतिष्ठानले साहित्य तथा संस्कृतिको क्षेत्रमा नियमित रुपमा उल्लेखनीय कार्य गर्ने र साहित्यले समाजलाई सकारात्मक दिशामा अघि बढाउँने दिशामा कार्य गर्ने’ बताउँनु भयो ।
प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा। दामोदर पुडासैनी ‘किशोर’ ले ‘यस किसिमको प्रतिष्ठान स्थापना हुनु निकै महत्वपुर्ण कार्य हो प्रतिष्ठानले साहित्य, कला, संगीतको क्षेत्रमा अब्बल योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अबको साहित्यले समाजलाई बाटो देखाउँने कार्यमा अग्रसर हुनुपर्ने र जे।पी। शीला प्रतिष्ठानले समाजमा विशेष महत्वका कार्य गरोस्’ भन्नुभयो ।
सो अवसरमा प्रतिष्ठानले ‘साहित्य र संस्कृतिको सम्वद्र्धनमा स्रष्टाको भुमिका’ विषयक अन्तकृया कार्यक्रमको आयोजना गरिएको थियो । डा। दामोदर पुडासैनी ‘किशोर’द्वारा संयोजन गरिएको अन्तरकृया कार्यक्रममा टोखा नगरका नगरप्रमुख प्रकाश अधिकारी, प्रतिष्ठानका संरक्षक जे।पी। नेपाल, प्रतिष्ठानकी अध्यक्ष शीला पोखरेल नेपाल साहित्यकारहरू उमेश पाण्डे, रेणु अधिकारी ‘मौनता’, राजेन्द्र घिमिरे ‘सागर’, दीपक बानियाँ, उत्तम विचार भेटुवाल, तारा के।सी।, ज्ञान्दारी कैनी, यशोदा अधिकारी, अर्जुन तिवारी, विष्णु घिमिरे, विष्णुमाया घिमिरे, पार्वती पुडासैनी, एच।के। धिताल, देवी घिमिरे, गायत्री धिताल, लीला बानियाँ लगायतका स्रष्टाहरूले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा स्रष्टाहरूले आआफ्ना सिर्जना वाचनपनि गरेका थिए ।कार्यक्रमको पछिल्लो खण्डमा साहित्यका, कलाकार तथा सांस्कृतिकर्मीहरूले तीजलाई भड्किलो नबनाई सभ्य, सुसंस्कृत र फलदायी बनाउँने धारणा राख्दै नाचगान समेत गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #जेपी नेपाल, #जेपी शीला प्रतिष्ठान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्