पाल्पामा आइतबार राति एक जनाको हत्या, चार जना पक्राउ

पाल्पा । धारिलो हतियार प्रयोग गरी पाल्पामा आइतबार राति एक जनाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२, दोभान घोडेबासका २४ वर्षीय सुनील खत्रीको तीजको नाचगान गर्ने स्थानमा झैझगडा हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकार दिए ।
तीजको दर खाएर घोडेबासको स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा भएको प्रहरीले जनाएको छ । साढे १२ बजे ती युवकमाथि धारिलो हतियार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धारिलो हतियार प्रयोग हुँदा सिकिस्त घाइते भएका खत्रीलाई उपचारका लागि रुपन्देही बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । स्थानीय महिला नाचिँरहेका बेला ती युवाहरुबीच सामान्य झगडा भएको स्थानीयले बताए ।
प्रहरीले हत्या आरोपमा ४ युवालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्