मूल्य वृद्धि र कालोबजारीले उपभोक्ताको पीडित,सरकार मूकदर्शक
काठमाडौं( दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै जाँदा आमउपभोक्ता अत्याधिक पीडित बनेका छन्।
अस्वाभाविक मूल्य वृद्धिका कारण कमजोर आम्दानी भएका सर्वसाधारणलाई बिहानबेलुकीको दुई छाक जोहो गर्न नै कठिन हुन थालेको छ।
सरकारको नियमन गर्ने निकायले नियमित अनुगन गर्न नसक्दा व्यवसायीले मनपर्दी मूल्यवृद्धि गर्दै आइरहेका हुन् । सरकारी निकायले चाडपर्वमा मात्र बजार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदै आएको हो । केही निश्चित व्यापरीको कब्जामा बजार भएको हुनाले मूल्य वृद्धि र कालोबजारीको क्रम बढेको र सरकारी निकाय त्यसलाई रोक्न असफल भएको उपभोक्तावादी संघसस्थाले दाबी गरेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका सहासचिव विष्णुप्रसाद तिमिल्सिनाले केही समय अघिसम्म २५ किलोको १७ सय प्रतिबोरामा पाइने चामल अहिले २२ सयभन्दा बढी पुगेको छ । यस्तै रहरको दाल प्रतिकिलो १ सय ६० बाट २ सय २० पुगेको छ । मसुरोको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ७० पुगेको छ भने चिनी ९० रुपियाँबाट १ सय १५ पुगेको छ ।
सरकारले कुन खाद्य वस्तुको मूल्य कति पर्छ भन्ने कुनै निश्चित मापदण्ड नतोकेको हुनाले पनि व्यापरीलाई मनलाग्दी गरेर बेच्न सजिलो भएको महासचिव तिमिल्सिनाको भनाइ छ । बजारमा व्यापारीले चामल लुकाएर राखेको र पुन लेबलिङ गरिरहँदा पनि सरकार मूकदर्शक भएर बसेको पनि उपभोक्तावादीको आरोप छ ।
यसै गरी खुद्रा व्यापारीहरुले ९२ पर्ने चिनी अहिले १ सय २२ रुपियाँसम्म लिइरहेको पनि उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तिमिल्सिनाले दाबी गरे। यसरी मनपरी मूल्यवृत्ति हुँदा दैनिक ज्यालादारी गरेर जीवन चलाउने उपभोक्ता समस्यामा पर्ने गरेका छन् । सरकारले एक पालिका एक सहुलियत पसल भन्ने नीति लिएको छ । तर, नीति कार्यान्वयन नहुँदा व्यापारीले मनलाग्दी गरिरहेको पाइएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दैनिक उपभोग्य वस्तु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्