Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु


चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–५, मगरटोलका ४४ वर्षीय फगुना महतोको गोहीको आक्रमणबाट नारायणी किनारमा निधन भएको बताइएको छ ।

उनी हिजो साँझ डुंगाघाट क्षेत्रमा मृतावस्थामा फेला परेका हुन् । महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने प्रहरीको आशंका छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गोही


तपाईको कमेन्ट लेख्नुहोस्