Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

एनआरएनए मलेसियाद्वारा चर्चित कलाकारका साथ आईतवार तीज कार्यक्रम गर्दै


दिनेश खड्का ‘खप्तडि’,मलेसिया-नेपाली हिन्दु नारीहरुकाे महान चाड हरितालिका तिजकाे अवसरमा गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाले भोलि आईतवार रमाईलो तीज कार्यक्रम आयोजना गर्ने भएको छ ।
मलेसियामा रहेका नेपाली महिला दिदिबहिनी हरुलाई जमघट गरेर माइती संस्था गैर आवासिय नेपाली संघ रहेको र महिला दिदिबहिनी हरुले माइतीको आभास गर्न सकुन र महिला दिदिबहिनी हरुका समस्या खुलेर राख्न सकुन, भन्ने उदेश्यले संघले तिज बिशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष बिनोद थापाले बताए।

यस्तै महिला दिदिबहिनीहरुमा ससक्तिकरण बढदै जाने आफ्ना समस्याहरु खुलेर राख्न सक्ने साथै संघमा महिला दिदिबहिनी हरु पनि समेटिनुपर्छ भन्ने मनोभाव बडेर जाने विश्वास संघले लिएको थापाले बताए।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्र्याण्ड कण्टिनेन्टलमा हुने उक्त शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा नेपालबाट गायिका सम्झना तामाङ , मोडल अनु पराजुली , गायिका भावना आचार्य र डान्सर जुना कार्की आउने भएका छन् । उक्त कार्यक्रम रिया मनि ट्रान्सफर र एक्रोस ट्राभल्सले प्रायोजन गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एनआरएनए मलेसिया


तपाईको कमेन्ट लेख्नुहोस्