प्रतिनिधि सभा बैठक बस्दै, नेम्वाङको निर्वाचन क्षेत्र रिक्त भएको जानकारी गराइने

काठमाडौं, २९ भदौ । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ बजे बाट सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरी, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड ९च बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को ९१० बमोजिम जानकारी गराउने छन् ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम(२ रिक्त रहेको जानकारी गराउन लागिएको हो ।
नेम्वाङको गत मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो भने हिजो बिहीबारको प्रतिनिधि सभा बैठकमा शोक प्रस्ताव पारित गरिएको थियो ।
आजकै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रतिनिधि सभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्