अमेरिकामा वाइडेन भन्दा ट्रम्प लोकप्रिय

वासिगटन डिसी, २८ भदौं । अमेरिकामा राष्ट्रपति जो वाइडेन भन्दा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लोकप्रिय देखिएका छन् ।
अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षणका अनुसार बाइडेनलाई मत दिने आधा समर्थकले अर्को विकल्प खोजिरहेका जनाएका छन ।
सन् २०२४ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्प र बाइडेनबीच कसलाई छनोट गर्ने भन्ने प्रश्नमा ४३ प्रतिशत मानिसले बाइडेनलाई फेरि राष्ट्रपति बनाउनुपर्छ भन्ने धारणा राखेका छन् ।
तर, ४६ प्रतिशत जनताले ट्रम्पलाई पुनः राष्ट्रपतिको रूपमा हेर्न चाहेको बताएका छन् ।
सो सर्वेक्षणमा राष्ट्रिय संकटको अवस्था सामना गर्न कसले राम्रो काम गर्छ रु भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका छन जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।
साथै, ५० प्रतिशत मतदाताले बाराक ओबामाको सरकारमा उपराष्ट्रपति हुँदा हन्टर बाइडेनको युक्रेन र चीनसँगको व्यापारिक सम्झौतामा जो बाइडेन संलग्न भएको ठान्छन् भने ४० प्रतिशत मतदाताले जो बाइडेन संलग्न नभएको महसुस गर्छन्।
जहाँ ३५ प्रतिशत मतदाताले जो बाइडेन युक्रेन र चीनसँगको हन्टर बाइडेनको व्यापारिक कारोबारमा संलग्न रहेको र उनले केही गैरकानूनी काम गरेको विश्वास गर्छन् ।
१३ प्रतिशत मतदाताले उनी सो कारोबारमा संलग्न रहेको र उनले अनैतिक काम गरेको विश्वाससमेत गर्छन् । तर, त्यसमा कुनै र केही गैरकानूनी कार्य भएको अहिलेसम्म प्रमाणित हुन सकेको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #जो वाइडेन, #डोनाल्ड ट्रम्प
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्