एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपानेलाई जापानमा भब्य स्वागत

जापान, एनआरएनए अभियानका क्रममा जापान पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसिका सचिव खगेन्द्र न्यौपानेलाई जापानमा भब्य स्वागत गरिएको छ । संघको आगामी कार्यकालका लागि उपाध्यक्ष पदका प्रत्यासी रहेका न्यौपानेलाई जापानमा स्वागत गरिएको हो । संघको एघारौं महाधिवेशन नजिकिएसँगै उनी विभिन्न देशको भम्रणमा निस्किएका छन । विभिन्न एसीसीहरूमा पुगेर प्रतिनिधिसँग अन्तरक्रिया गर्ने न्यौपानेको योजनाअनुसार युरोप,मध्यपुर्वको भर्मणपछि न्यौपाने जापान पुगेका हुन ।
उनलाई जापानमा एनसीसी अध्यक्ष नविन न्युरेसहित आइसीसी उपाध्यक्ष भुषण घिमिरे, युवा उपाध्यक्ष रोशन थापा, आईसिसि उपमहासचिव ओम गुरुङ,एशिया प्याशिफिक संयोजक डिपी कँडेल,पुर्व आईसिसि युवा संयोजक सुदन थापा,जापानका निर्वतमान अध्यक्ष शिव प्रसाद पौडेल,आईसिसि सदस्य रोविन शेरचन लगायत एनसिसि जापानका पदाधिकारीले स्वागत गरेका हुन । जापानको अध्ययन भर्मणका क्रममा न्यौपानले जापानमा नेपालीले भोग्दै आएका विविध समस्याका विषयमा चासो राखेका थिए । न्यौपाने मलेसिया र नेपालका सफल व्यवसायी हुन । उनले मलेसियामा सेक्युरिटी कम्पनी र ट्राभल्स संचालन गरेका छन भने नेपालमा पनि हाइड्रोपावर, ट्राभल्स,रियल स्टेट,हस्पिटालिटि,शेयर बजारलगाएत विभिन्न क्षेत्रमा लगानी गरेका छन ।
एनसिसि मलेसियाको उपाध्यक्ष,आईसिसि सदस्य,अध्यक्ष,एशिया प्याशिफिकको सहसंयोजक,आईसिसि सचिव रहेर सफल कार्यकाल संपन्न गरेका न्यौपानेले एनआरएनएको आगामी अधिवेसनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन । आगामी अधिवेसनमा उपाध्यक्षमा अग्र स्थानमा आफ्नो नाम लेखाउन सफल न्यौपानले आफ्नो अभियानलाई विश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई साथ समर्थन दिन आग्रह गरेका छन । उनले आफू यस अभियानमा कुनै स्वार्थको लागी नआएको र एनआरएनए अभियानमा केही दिनको लागी आएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #खगेन्द्र न्यौपाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्