Techie IT
मंगलबार, वैशाख ३०,२०८२

एनआरएनए उपमहासचिव सिम्खडाद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा


युके,गैर आवासीय नेपाली संघ (एनआरएनए)  उपमहासचिव रामशरण सिम्खडाले आगामी एघांरौ महाधिवेसनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
सन २००४ को अन्ततिरबाट एनआरएनए युकेको स्थापनाको लागी सरिक भएका सिम्खडाले एनआरएनए अभियानमा १९ बर्ष बिताएका छन । सकृय जिबनशैलीको कारण यस संस्थामा बिभिन्न कालखण्डमा कार्यकारी त कहिले आलंकारिक पदमा रहेर पनि अबिछिन्न सेवा गरेको सिम्खडा बताउछन । सिम्खडा २००५ मा पहिलो बिधान मस्यौदा समिति, २०११ मा एनसीसी युकेको राष्ट्रिय संयोजक ९हालको महासचिब०, २००७(११, २०१३(१७ यूके सल्लाहकार हुंदै २०१७(१९, २०१९(२१ दुई कार्यकाल आईसीसी सदस्य, बिधान समिति सदस्य ३ पटक, उपसंयोजक एक कार्यकाल, केन्द्रीय नीति निर्माण समिति संयोजक, केन्द्रीय परोपकार तथा मानब कल्याण समिति सदस्य(सचिब हुंदै हाल केन्द्रीय उपमहासचिब पदमा कृयाशिल रहेका छन । सिम्खडाले आफ्नो स्वभावजन्य र रुचीको पद महासचिब भएता पनि “सबै संग संगै हिडौ”भन्ने अभिलाषाले केन्द्रीय उपाध्यक्षमा एक कार्यकाल रही संस्थाको बिग्रिएको शाख अभिबृद्दी गर्दै बिधी बिधानत संस्थालाई हिडाउने र हाम्रो मौलिक पहिचान “नेपालमा पर्दा केही गर्ने अठोट” लाई पुनर्जागृत गराउने स्पष्ट मार्गचित्र सहित केन्द्रीय उपाध्यक्षमा आकांक्षी रहेको बताएका छन । सिम्खडाले एनआरएनए अभियन्ताहरुको राय, सल्लाह, मार्गदर्शन र आत्मिय सहयोगको अपेक्षा गरेका छन ।

को हुन सिम्खडा ?
बेलायतको नेपाली डायस्पोरामा एउटा छुट्टै पहिचान र परिचय बोकेको नाम हो राम शरण सिम्खडा सन २००१ मा बेलायत बसाई सरेपछि पनि नेपालकै पदचाप पछ्याउंदै सामाजिक जमघट, सरसहयोग र आत्मियता लाई उनले भुल्न सकेनन, त्यसले विदेशिएका नेपालीहरुलाई एउटा मालामा जोडेर प्रबासिएका जनशक्तिले विदेशमा आफुले हासिल गरेको ज्ञान, शिप, दक्षता र पुजीलाई मातृभूमिको सम्बृद्दीको लागी प्रयोग गर्दै नेपालको आर्थिक विकाश गर्न लगानी भित्राउने उद्देश्यले स्थापित गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद बेलायतको स्थापना गर्न राम शरण सिम्खडा अग्रणी भुमिकामा रहे ।

गैर आवासीय नेपाली संघ बेलायतको शुरुवाती दिनहरुलाई कसरी सम्झनु हुन्छ भन्ने प्रश्नको जवाफमा सिम्खडा भन्नु हुन्छ, “नेपालमै रहंदा अन्तराष्ट्रिय दातृ संस्थाको दशकौ र संघ संस्थाहरुको राष्ट्रिय संजालमा केही बर्ष काम गरेको अनुभवले बेलायत आएदेखिनै यस्ता संजालहरुमा आबद्धता प्रति अभिरुची रह्यो – आपसी भाईचारा संगै नेपाल संग जोडिने र संसारभरी संजाल बिस्तार गर्ने यस संस्थाको लक्षले झनै आकर्षित गर्यो’ । शुरुका दिनमा पनि एन आर एन मा लाग्ने भनेको लगानी गर्न सक्ने, धनाध्य र मनग्ये खर्च गर्न सक्ने हुनु पर्छ भने कमजोर बुझाईले अध्यक्ष बनिदिन अनुरोध गर्दै चिरन्जिबी ढकाल र उनी धेरै ब्यापारी तथा कुलिन घरानाको ढोका चाहारेको तितो यथार्थ सम्झिन्छन उनी” १

सन २०११ मा गैर आवासीय नेपाली संघ बेलायतको राष्ट्रिय संयोजक ९हालको महासचीव० पदमा आफ्नो अत्यन्तै सफल कार्यभार सम्हाले पछी कार्यकारी रुपमा २०१७( २०१९ मा गैर आवासीय नेपाली संघ बेलायतको तर्फबाट आइसीसी सदस्य हुनुभएको सिम्खडा त्यस कार्यकालमा परोपकार तथा मानबिय सहयोग बिभागको सदस्य सचिब भै काम गरे भने २०१९(२१ कार्यकालमा केन्द्रीय नीति निर्माण समितिको संयोजक रहे । राष्ट्रिय परिषद र अन्तर्राष्ट्रिय परिषद बीचको सम्बन्धमा कस्तो खाडल छ भनेर जिज्ञाशा राख्दा भन्नु हुन्छ ”हाल आई सी सी ले एन सी सी लाई चिनेको तर माया नगरेको अवस्था हो – यो तौर तरिकाले संगठन लामो समय टिक्न सक्दैन । हाम्रो कार्यशैली, जन अपेक्षा र धरातलिय अवस्थाको शुष्म मुल्याङ्कन गर्दै २१औ शताब्दी सुहांउंदो सांगठानिक संरचना र कार्यशैली अपनाए मात्र यो संगठन दिगो र भरपर्दो हुनेछ”।

गैर आवासीय नेपाली संघ भित्र मौलाउदै गएको विकृति र स्वार्थको कारण २०२१(२३ को कार्यकाल ले जम्बो टिम निर्माण गर्नु पर्यो, संसारभर छरिएर रहेका पंजीकृत सदस्यहरुमा नैराश्यता छायो तर यहि कार्यकालमा उपमहासचिवको जिम्मेवारी सम्हाल्नु भएका राम शरण सिम्खडा, यस कार्यकालमा गैर आवासीय नेपाली संघले गरेका महत्वपुर्ण काम हरु यसरी सम्झनु हुन्छ, ”हो हामीले संस्थालाई शिर देखी तिरै सम्म २ भागमा फुटाउनु भन्दा गाली नै सहौला, आलोचनाको बाढी नै आउंछ भन्ने थाहा हुंदा हुंदै पनि बिष निलेर निलकण्ठ बनौ तर संस्था दुईचिरा हुन नदिऔ भनेर बहुपदिय अबधारणामा गयौ र अहसज हुंदा हुंदै पनि स्वीकार्यौ तर यसै बिचमा पनि एनआरएनका केही थातिरहेको मुद्धाहरुले यसै कार्यकालमा मुर्तरुप पाएको छ जस्तै संबिधान प्रदत्त गैरआवासीय नेपाली नागरीकताको ऐेन दुै सदनले पास गरिएता पनि महामहिम राष्ट्रपतिबाट स्वीक ृत भै सरकारले ऐन समेत बनाएको अवस्था छ, लाखौ श्रमिकहरुसंग परोक्ष सरोकारराख्ने सामाजिक सुरक्षा नीति लागु भै सकेको अवस्था छ – यस्ता सरकारसंग आम गैरआवासीय नेपालीको सरोकारहरुले सार्थकता यसै पालामा पाउन सफल भएको छ।“

गैर आवासीय नेपाली संघभित्र विमती, असमझदारी, विकृति छन्, यिनै चुनौतिहरुको सामना गर्न र सबैले सोचेजस्तो सुन्दर संस्था निर्माण गरी योगदान दिन आफु लालायित रहेकोले यस पटकको महाधिबेशन मा उपाध्यक्षमा प्रत्यासी रहेको जानकारी गराउनु भयो । एन आर एन का प्रत्येक सभा समारोहमा सरिक हुन रुचाउने सिमखडा संगठन भित्रका आन्तरिक बिषका ज्ञाता मानिन्छन भने संगठनलाई बिधीबिधान अनुरुप संचालन गर्न आन्तरिकरुपमा पनि अभियान चलाउने ब्यक्ति हुन । प्रत्येक बैठकका बिषयबस्तुमा अध्ययन र तर्क सहित प्रस्तुत हुने उनी यूके महासचिब हुंदा उनैको सोच र पहलमा स्थापित पत्रकारीता पुरस्कार लगायत च्यारिटीका कामबाट समेत बेलायत लगायत अन्तराट्रिय जगतमा परिचित छन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामशरण सिम्खडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:13 am6:46 pm +0545