ढाकाकुमारको अभिव्यक्तिविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी एक्सनमा, प्रमाण ल्याउन चुनौति

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ ।
ढाकाकुमार रास्वपाबाट निस्काशित पूर्व सांसद् हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको अडिओ बाहिरिएपछि उनलाई पार्टीले साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । ढाकाकुमारले केही दिनअघि रास्वपाको कोर टिमको खुलासा गरेका थिए ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा उनले आफूलाई मन्त्री बनाइदिने भन्दै पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत तीन करोड माग भएको बताएका थिए ।
ढाकाकुमारको उक्त अभिव्यक्तिलाई लिएर रास्वपाले आज विज्ञप्ति जारी गरेको छ । पार्टीले पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुसरण गरिरहेको बताउँदै रास्वपाले पार्टीको छविमा आँच पुर्याउने मनशायले फैलाइएको भ्रममा नपर्न आग्रह गरेको छ ।
‘‘।बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ,’– विज्ञप्तिमा भनिएको छ ।
पार्टीका पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर जोकोही आएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ढाकाकुमार श्रेष्ठ, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्