Techie IT
बुधबार, वैशाख २४,२०८२

गोकर्णेश्वर नगरपालिकामा भोलि सार्वजनिक बिदा


काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । कुशे औंसी ९गोकर्ण औंसी० को अवसरमा भोलि बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै उक्त दिन मातहतका वडा कार्यालय, शिक्षण संस्थालगायतका निकाय बन्द हुने जानकारी गराएको छ ।

सूचनामा भनिएको छ, ‘२०८०(०५(२८ गते बिहीबारका दिन कुशे औंसी ९गोकर्ण औंसी० पर्व परेको हुँदा उक्त दिन यस नगरपालिकाअन्तर्गतका वडा कार्यालय र शिक्षण संस्थालगायतका निकायहरुलाई स्थानीय बिदा दिने निर्णय भएको जानकारी गराइन्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545