Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

पहिरोले अवरुद्ध आरुघाट माछाखोला सडक संचालनमा


धार्चे गाउँपालिका–७ खानिवेशी नजिकैको भीरमा गएको पहिरोका कारण अवरुद्ध आरुघाट माछाखोला सडक संचालनमा आएको छ ।

पहिरो पन्छाएर मंगलवारदेखि सडक संचालनमा आएको वडा सदस्य पन्दुर गुरुङले बताए ।

११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना र गाउँपालिकाको सहकार्यमा पहिरो हटाएर सडक संचालनमा ल्याइएको हो ।

‘मेसिन ल्याएर पहिरो हटाइयो, अहिलेमाथिबाट पहिरो खस्ने क्रम पनि रोकिएको छ,’ गुरुङले भने । उनका अनुसार उक्त सडकखण्डमा मंगलवारबाट ठुला सवारी पनि चल्न थालेका छन् । दरौँदी दैनिक पत्रिका


क्याटेगोरी : समाचार
ट्याग : #आरुघाट माछाखोला सडक


तपाईको कमेन्ट लेख्नुहोस्