दोहोरो अंकले घट्यो सेयर बजार
२६ भदौ, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार बढेको बजारमा मंगलबार नै गिरावट आएको हो । मंगलबार सेयर बजार १९।४२ अंकले घटेर १९६७।५७ विन्दुमा रोकिएको छ ।
मंगलबार म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार शुभम् पावरको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सामलिङ पावर, अपर स्याङगे हाइड्रोपावर, अरुण कावेली पावर, डोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।
थ्री स्टार हाइड्रोपावरको मूल्य नेगेटिभ सर्किट लेबलमा घटेको छ । सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपर सोलु इलेक्ट्रिक कम्पनीसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्