धार्मिक सद्भाव बिथोलेर द्वन्द्व पैदा गर्ने प्रयास भइरहेका छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २५ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।
ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले जातिय एवं धार्मिक सद्भाव बिथोल्न द्वन्द्व पैदा गर्ने प्रयास भइरहेको भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले नेपाली समाजको मौलिक परम्परा बिर्गान खोज्ने षडयन्त्रलाई सफल हुनु नदिने स्पष्ट पारे । श्रेष्ठले राजनीतिक परिवर्तनसंगै आधारभूत आवश्यता पूरा होस् भन्ने आकांक्षा जनताको रहेको भन्दै यसप्रति सरकार गम्भीर भएर काम गरिरहेको जिकिर गरे ।
नेपाली जनताले चाहेजस्तो समृद्धि पूरा हुन नसकेको भन्दै उनले सरकारको गम्भीर कार्यभार विकास समृद्धितर्फ अघि बढ्नु भएको उल्लेख गरे ।
उनले भ्रष्टाचार अन्त्य नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताए । न्दै सवै मिलेर यसलाई प्ररास्त गर्नुपर्ने धारणा राख्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #नारायणकाजी श्रेष्ठ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्